११ आश्विन २०७८, सोमवार

पाँच दलको गठबन्धनले संविधान र संसद जोगायो : चित्रबहादुर केसी

२०७८,श्रावण,८,शुक्रवार १८:२८


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संंकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताए ।

केसीले सर्वोच्चको फैसला स्वीकार्य रहेको बताउँदै राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाए ।

अहिलेको संविधान जोगिएको र अबको दिनमा संशोेधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताए । अध्यक्ष केसीले जनता कोरोनाबाट बच्न खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत बताए ।

नेता केसीले भने, “हामीले समर्थन गरेका हौँ, तर तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो, पाँच दलको एकताले धर्मनिरपेक्षता गणतन्त्र लगायतका उपलब्धिहलाई बचाउने काम भएको छ, संसद कम्तिमा पनि १८ महिना बच्ने भयो, यो फैसला हामीलाई स्वीकार्य छ, तर राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक देखिन्छ, केपी ओलीको सरकारले विचित्रकै काम गरेको छ, जनता खोप भनिरहेको बेलामा सरकारक भोट भनिरह्यो ।”

अध्यक्ष केसीले चुनाव जित्नका लागि खर्च गर्ने तर चुनाव जितेपछि भ्रष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको समेत बताए।

प्रकाशित मिति: २०७८,श्रावण,८,शुक्रवार १८:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आइतबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाएका छन् । अध्यक्ष

ताजा समाचार

खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४