लोकतान्त्रिक शक्तिहरुको सरकार आएपनि जनता भ्रष्टाचारकै शिकार भए : नेतृ शाक्य

लोकपथ
156
Shares

काठमाडौँ । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार हुने गरेको बताएकी छन्।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संंकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताएकी हुन्।

नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताइन् ।

पटक–पटक दलका सरकार आएपनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताइन्।

उनले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताइन्।

नेतृ शाक्यले भनिन्, ]लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै पनि भ्रष्टाचारको शिकार हुने र अहिले पनि भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटकपटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन, त्यसैले यो विषय बनाउने कि नबनाउने, सुसासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ । जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनाशील युवाहरुलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ? यसले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ।’

नेतृ शाक्यले अब कम्युनिस्ट पार्टी भित्र यी तमाम विषयको छलफल हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?