प्रचण्डले भेटे सहिद गुरूङकि आस्वस्थ श्रीमति, गरे अस्पतालसँग यस्तो आग्रह

काठमाडौँ, १८ चैत- नेकपा माओवादि केन्द्रका अध्यक्ष प्रचण्डले सहिद डम्बर गुरूङकि श्रीमति पार्वति गुरूङलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।मृगौला र स्वासप्रस्वासको समस्याबाट पिडित भई एक हप्तादेखि नर्भिक अस्पत्तालमा भर्ना भएकी गुरूङलाई आईतबार दिउँसो भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । चितवन शारदानगरका सहिद परीवार गुरूङको स्वास्थ्यउपचारमा कुनै कमि हुन नदिन अध्यक्ष प्रचण्डले अस्पत्तालसँग आग्रह गरे ।विरामिका छोरा सुरेन्द्र गुरूङसँग अध्यक्ष प्रचण्डले आामाको उपचारमा कुनै समस्या हुन नदिने बताए । सहिद डम्बर गुरूङको २०५९ कार्तिक २५ गते चितवन चण्डिभञ्ज्याङमा शाहदत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?