महन्थ ठाकुरद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं- हेरफेर गरिएको कार्यकारिणी समितिलाई मान्यता नदिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आयोगको आदेश बदर हुनुपर्ने माग गर्दै ठाकुर पक्षले रिट दायर गरेका हुन्।

ठाकुरले आफूले दल सम्बन्धी ऐनको दफा ५१ बमोजिम अद्यावधिकका लागि दिएको निवेदन अस्वीकार गरी यादवले दफा ४४ (१) अनुसार दिएको निवेदनमाथि सुनुवाइ गरेको गैरकानुनी भएको जिकिर निवेदनमा गरेका छन्।

आयोगले कार्यकारिणी समितिमा गरेको हेरेफेरलाई मान्यता नदिएर पुरानै समितिका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियो । आयोगले बिहीबार पार्टीका केन्द्रीय कार्यकारिणी परिषदका सदस्यलाई सोमवार आधिकारिकता टुंग्याउन आफ्नो आधिकारिक परिचयपत्र लिएर आउन भनेको छ।

दुवै पक्षलाई राखेर छलफल गराउँदा सहमति नजुटेपछि आयोगले इजलास नै गठन गरेर आधिकारिकता विवाद छिनोफानो गर्ने प्रक्रिया सुरु गरेको थियो। जसपामा ५१ सदस्यीय कार्यकारिणी परिषद छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?