क्यान र डिश मिडिया नेटवर्क लिमिटेडबीच प्रशारण गर्ने सम्झौता

लोकपथ
78
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ ।

आज नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

यहि सम्झौता अन्तर्गत संघले आयोजना गरेको पी.एम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरी ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा संघद्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुनेछन् ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाइमा पुरयाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?