सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको बैठक बालुवाटारमा जारी

लोकपथ
77
Shares

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा कांग्रेसबाट कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।

कार्यदलका सदस्य लेखकले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेबाट सुरु भएको कार्यदलको बैठक जारी रहेको बताए।

उनका अनुसार बैठकले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?