पोखरा फाइनान्सको एक लाख ८० हजार कित्ता सेयर बिक्री खुल्ला

काठमाडौं, १८ चैत । पोखरा फाइनान्सले हकप्रदमा अबितरित एक लाख ८० हजार ७०१ कित्ता सेयरको लिलामी खुलाएको छ । फाइनान्सले संस्थापक समूहको ८० हजार ३४८ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।फाइनासले चुक्ता पूँजीको १५ प्रतिशतले हुने ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद सेयर निष्काशन गरेकोमा अबितरित सेयर लिलाम बढाबढमा विक्रीमा ल्याएको हो । जसको न्यूनतम सेयरमूल्य प्रतिकित्ता एक सय तोकिएको छ ।हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य १ सय ४२ रहेको छ ।फाइनान्सको लिलामी सेयरका लागि चैत २५ गते सम्ममा बिक्री प्रकन्धक एनआईबिएल एस क्यापिटल, पोखरा फाइनास न्यूरोड र एनआईबिएल बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगन्ज, बुटवल, नारायणगड र धनगढीका शाखा कार्यलयहरूबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।फाइनासको हाल ७५ करोड ४१ लाख ५६ हजार चुक्ता पुँजी छ । हकप्रदले समेत पाउन गरी ८.२६ प्रतिशत अर्थात ६ करोड २२ लाख ९९ हजार ९ सय ७ बोनस घोषणा गरेको फाईनान्सको बोनस र हकप्रद पछि ८१ करोड ६४ लाख रूपैँया चुक्ता पूँजी कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?