मोडल प्रेरणाको उडान मोह (फोटोसुट)

भक्तपुरको बोडेमा जन्मिएकी प्रेरणा श्रेष्ठले ठुली भएपछि एयरहोष्टेस बन्छु भन्ने चाहना कक्षा ३ मा पढ्दा देखि साँचेकी थिइन् ।

भिएस निकेतनमा पढ्ने बेलामा एक पटक कक्षामा तिमी ठुलो भएपछि के बन्छौँ भनेर मिसले सोध्दा उनले फ्याट्ट एयरहोस्टेस् बन्छु भनिन् । यही चाहनालाई पुरा गर्न प्रेरणा अहिले एयरहोस्टेसको तालिममा व्यस्त छिन् । एयरहोस्टेस भएपछि धेरै ठाउँ घुम्न पाइन्छ । नयाँ ठाउँका मानिसहरूसँग चिनजान हुन्छ भन्ने चाहनाले गर्दा पनि उनलाई एयरहोस्टेस बन्न लोभ्याइरहेको हो ।

स्कुल सकेर उनी जब युनाईटेड एकेडेमीमा म्यानेजमेन्ट विषय लिएर पढ्न थालिन् त्यो बेलामा उनले एक सौन्दर्य प्रतियोगितामा सहभागी हुने मौका पाइन् । नेपाल सुपर मोडलको सिजन ४ मा सहभागी हुँदा उनले मिस फोटोजेनिकको उपाधि हात पारेर आफूलाई पाँचौँ स्थानमा उभ्याइन् । मोडल बन्ने रहर पनि उनलाई सानै देखि नै थियो । त्यो रहर कलेज लाइफमा आएर यो प्रतियोगिताले केही हदसम्म पुरा गरिदियो, प्रेरणा बताउँछिन् । यो प्रतियोगितामा उपाधि जितेपछि केही फेसन सोहरूमा पनि सहभागी हुने मौका पाए ।

काठमाडौँ लगायत पोखरा र बन्दीपुरमा आयोजना भएको फेसन सोमा सहभागी भएकी प्रेरणालाई अझै पनि मोडलिङको क्षेत्रमा केही गर्नुपर्छ भन्ने नै छ । उनी भन्छिन्– पहिला एयरहोस्टेसको तालिम सकेर यसलाई करिअर बनाउँछु, अनि मोडलिङलाई हब्बीको रूपमा अगाडी बढाउँला ।

उनलाई सबैभन्दा मन पर्ने काम भनेकै घुम्ने नै हो । उनी फुर्सद भएकी साथीहरूसँग घुम्न रुचाउँछिन् । तर उनलाई लामो यात्रामा निस्कने औधी रहर छ । पढाई र करिअर बनाउने ध्याउन्नले गर्दा उनलाई त्यो मौका अझै जुरेको छैन । उनी भन्छिन्– एयरहोस्टेस भएपछि मेरो यात्रा अझ बढी नै हुन्छ होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?