काठमाडौं । धादिङमा कोभिड–१९ विरुद्ध खोप लगाएको सवा दुई घण्टापछि एक वृद्धको ज्यान गएको छ ।
जोनसन एण्ड जोनसन खोप लगाएका निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको ज्यान गएको हो। यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले वृद्धले खोप लगाएको झण्डै सवा २ घण्टापछि ज्यान गएको पुष्टि गरे। उनका अनुसार वृद्धको मृत्युको कारण भने खुल्न सकेको छैन।
जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले वृद्धलाई मृत घोषणा गरेको डा. पौडेलले बताए । उनका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए ।
त्यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पनि खोप लगाएका ती वृद्धको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया