नेपालमा कोरोना : थपिए २ हजार ९ सय बढी संक्रमित, कति भए संक्रमणमुक्त ?

लोकपथ
182
Shares

काठमाडौं । आज पनि देशभर कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ जनामा कोरोना देखिएको छ।

आज १७ हजार ३०८ जनाको स्वाब परीक्षण गरिएको थियो।

आज थपिएकामध्ये १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८२ जनामा र तीन हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा कोरोना देखिएको हो।

त्यस्तै, कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ६७८ जना निको भएका छन्। अझै पनि देशभर २७ हजार ६६१ जना सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?