अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा

लोकपथ
741
Shares

अष्ट्रेलिया । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रवार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै संक्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गरिएको थियो ।
राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?