अब लामो दूरीका यातायात निर्बाध रुपमा काठमाडौं छिर्न पाउने

लोकपथ
91
Shares

काठमाडौं । अढाई महिनादेखि बन्द लामो दूरीका यातायात अब निर्बाध रुपमा काठमाडौं छिर्न पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मध्यम तथा लामो दूरीको सार्वजनिक सवारी संचालन गर्न सूचना जारी गरेको छ।

गृह मन्त्रालयले साउन ५ गते सबै जिल्लालाई परिपत्र गर्दै मध्यम तथा लामो दुरीका सार्वजनिक सावारी चलाउन सहजिकरण गर्न परिपत्र गरेको थियो।

सोही परिपत्रअनुसार नै मध्य तथा लामो दूरीका सार्वजनिक सवारी चलाउन जिल्ला प्रशासनहरुले यातायात व्यवसायीलाई अनुरोध गरे।

साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले मापदण्ड पालना गरेर लामो तथा मध्यम दूरीको सार्वजनिक सवारी संचालन गर्न दिने निर्णय गरेको थियो।

त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले लिने परिक्षाको मिति सार्वजनिक गरेकाले परीक्षार्थीलाई असहज नहोस् भन्दै सवारी संचालन गर्न दिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

देशभर कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि विभिन्न जिल्लामा निषेधाज्ञा छ। निषेधाज्ञा सुरु भएसँगै लामो दूरीका सार्वजनिक सवारीलाई रोक लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?