मन्त्री बन्न लागेका दोबाटेको नाम किन काटियो ?

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीको लिस्टमा भएका दोबाटे विकको नाम अन्तिम समयमा हटाएका छन्।

आज गण्डकीको मन्त्रिपरिषद् विस्तार गर्न लागेका मुख्यमन्त्री पोखरेलले विकलाई मन्त्री बनाउन लागेको जानकारी दिएका थिए तर अहिले नाम काटिएको स्रोतले जनाएको छ ।

विक शपथका लागि प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा रहेका बेला उनको नाम काटिएको हो । यसमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ नेता पौडेलका स्वकीय सचिव  चिरञ्जीवी अधिकारीले यसप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री पोखरेलको परिवारलाई सधैँ अरुले न्याय दिनुपर्ने उहाँहरूले चाहिँ अरुलाई न्याय दिनु नपर्ने भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रबाट आफ्नो पक्षका नेता बिन्दुकुमार थापालाई मन्त्री बनाउन दबाब दिएपछि विकको नाम हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?