राज र शिल्पालाई अर्को झट्का: सुन घोटालामा अदालतले सुनायो जरिबाना

लोकपथ
1.2k
Shares

भारत । राज कुन्द्रा र अभिनेत्री शिल्पा सेट्टिलाई अर्को झट्का लागेको छ । शिल्पा र राजको सुन कम्पनी (गोल्ड कम्पनी) लाई अदालतले तीन लाख जरिबाना सुनाएको छ ।

लामो समयदेखि ‘सुन घोटाला’को मुद्दामा कानुनी लडाइँ लडिरहेका सचिन जोशीलाई बम्बे उच्च अदालतले ‘न्याय दिँदै उक्त कम्पनीविरुद्ध न्याय सुनाएको हो । फैसलासँगै सतयुग गोल्ड कम्पनीबाट किनेको १ किलोग्राम सुन जोशीलाई नै सुम्पिएको छ।

जोशीले उक्त कम्पनीबाट स्किममा थोरै मूल्यमा उक्त सुन किनेको तर आफूले कहिल्यै पनि नपाएको भन्दै राज र शिल्पाविरुद्ध अदालतमा मुद्दा हालेका थिए।

नवभारत टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?