४ आश्विन २०७८, सोमवार

बाढीको उच्च जोखिममा मनाङको जनप्रिय मावि

२०७८,श्रावण,८,शुक्रवार १३:३९


मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ ।

लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ । विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उनीहरुको भनाइ छ ।

बाढीसँगै आएको काठ, ढुङ्गा र बालुवा चामेको मोटरेबल पुलमा अड्किएर बस्तीतर्फ कटान गरेपछि विद्यालय उच्च जोखिममा परेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए। बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि विद्यालयमा बढी क्षति पुगेको उनले बताए ।

चामेका चार विद्यालयलाई गाभेर आवाससहितको एउटा मात्रै जनप्रिय मावि बनाइएको थियो । विद्यार्थीलाई सहज बनाउनका लागि आवासीय बनाए पनि जनप्रिय बाढीको उच्च जोखिममा रहेकाले समस्या थपिएको उनले बताए । भौतिक संरचनाले नै व्यवस्थित बनाएको विद्यालय जोखिममा पुगे पनि सरकारको चासो अझैसम्म नपुगेको उनी बताउँछन् ।

प्रकाशित मिति: २०७८,श्रावण,८,शुक्रवार १३:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

संविधान कार्यान्वयन भएर संघीयता आएको ६ वर्ष पुगेर ७ वर्ष लाग्यो । तर शिक्षामा केन्द्रले स्थानीय तहलाई अंकुश लगाउनेदेखि संघीयताको

रामबहादुर थापा/बाग्लुङ ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका

दिपेन्द्र अधिकारी । काठमाडौं- सरकारले भौतिक रूपमा पठनपाठनको अनुमति दिएको छैन । भौतिक रूपमा विद्यालय खोल्ने भए स्थानीय तह, जिल्लास्थित

कर्णाली । गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय ।

ताजा समाचार