आज साञ्जेन र रसुवागढीको आइपिओ बाँडफाँड हुने

काडमाडौं, १८ चैत । साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले दुई चरणमा विक्री गरेको आइपिओ आज आइतबार बाँडफाँड हुने भएको छ ।साञ्जेन र रसुवागढी कम्पनीका विक्री प्रबन्धकहरुले दिएको जानकारी अनुसार आइपिओमा तोकिएकोभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाटै बाँडफाँड हुने बताए । आइपिओको बाँडफाँड आज दिउँसो २ बजे हुनेछ ।रसुवागढीको आइपिओकोे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र साञ्जेनको नागरिक लगानी कोष रहेका छन् ।पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि साञ्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता र रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर फागुन १३ गतेदेखी ३० गतेसम्म विक्री गरेको थियो ।दोस्रो चरणमा चैत ५ गतेदेखि ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका र संस्थापक सङ्गठित सस्थाका कर्मचारीहरुका लागि दुबै कम्पनीले आइपिओ जारी गरेका थिए ।रसुवागढीले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आइपीओ जारी गरेको थियो ।त्यस्तै साञ्जेनले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयर धनि संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गरेको हो ।आइपिओमा परेको आवेदनको आधारमा सञ्चयकर्ताले न्यूनतम ३० र अधिकतम ४० कित्ता पाउने सेयर पाउने भएका छन् । यस्तै, संस्थापक (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ–संस्था) र ऋणदाता (कोष) का कर्मचारीले औसत १ सय ५० कित्ता पाउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?