पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएको छ ।
स्रोतका अनुसार कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको हो ।
गण्डकी प्रदेश सभा सचिवालयका अनुसार नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिने कार्यक्रम रहेको छ।
माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया