काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजीनामा फिर्ता लिएका छन्।
प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा उनले शु्क्रवार फिर्ता लिएका हुन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएको जानकारी संसद सचिवालयले दिएको छ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया