काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको हो ।
बिहीबार बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया