श्रीमतीको भेषमा संक्रमित विमान चढे

लोकपथ
0
Shares

इन्डोनेशिया- श्रीमतीको भेषमा इन्डोनेशियाको आन्तरिक यात्राका लागि विमान चढेका एक कोभिड संक्रमित व्यक्तिलाई उडानकै क्रममा आकाशमै पहिचान गरिएको छ।

डीडब्ल्यू भनिएका ती व्यक्तिले श्रीमतीको राहदानी र कोभिड परीक्षण रिपोर्ट लिएर अनुहार पूरै छोपिने नकाब लगाएर विमानस्थलमा अधिकारीहरूलाई झुक्क्याएका थिए। उनले उडानको बीचमै नकाब खोलेर पुरुषको कपडा लगाएपछि विमान परिचारिकाहरू सशङ्कित भएका थिए।

इन्डोनेशियामा जुलाई १९ मा सुरु भएको इदको बेला धेरै वायुसेवाले यात्रामा कडाइ गरेका छन्। प्रहरीले ती व्यक्तिलाई विमान अवतरण हुने बित्तिकै पक्राउ गरेर कोभिड परीक्षण गरिएको बताएका छन्।

कोभिड सङ्क्रमित भएको पत्ता लागेपछि उनलाई घरमै आइसोलेशनमा राखिएको छ। प्रहरीले उनको क्वारन्टीन अवधि सकिएपछि उनीमाथि मुद्दा चलाउने बताएको छ।

एशियामा कोरोनाभाइरसको केन्द्रबिन्दु बनिरहेको इन्डोनेशियामा यात्रामा कडा प्रतिबन्धहरू लगाइएको छ।

बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?