अमरेशकुमार सिंहलाई कारबाही गर्न माग गर्दै देउवालाई पत्र

लोकपथ
469
Shares

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीको माग गर्दै सिंहको गृह जिल्ला सर्लाहीका १२ जना नेताले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन्।

सर्लाहीमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र इमान्दार कार्यकर्ताले सदस्यता नपाएको भन्दै बुधबार साँझ बालुवाटार पुगेर देउवालाई सांसद पदबाट राजीनामा बुझाएका सिंहले पार्टीविरूद्ध काम गरेको आरोप लगाउँदै प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायत सर्लाहीका १२ नेताले देउवालाई बिहीबार पत्र पठाएका हुन्।

उनीहरुले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले नै रामगोविन्द रायलाई पार्टी कार्यालयमा आमरण अनशनमा राखेको आरोप छ।

सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा राय आमरण अनसनमा छन्।

सिंहको जालझेलबाट सर्लाहीका जनता आतंकित भएको पनि उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?