ओलम्पिक फुटबल: पुरुषतर्फको खेलमा अर्जेन्टिना र फ्रान्स पराजित, ब्राजिलको शानदार शुरुवात

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत बिहीवार सम्पन्न पुरुषतर्फ पहिलो चरणका खेलहरुमा १६ वटै राष्ट्रले प्रतिस्पर्धा गरेका छन्।

समूह ‘ए’ देखि ‘डी’सम्म चार-चार वटा राष्ट्र विभाजन गरिएको यस प्रतियोगिताको पहिलो चरणको खेलमा केही अप्रत्याशित नतिजाहरु निस्किएका छन्। टोकियो सहित ६ सहरमा आयोजना भइरहेको यस विधाको खेलमा बिहीवार मेक्सिको अण्डर २३ले फ्रान्स अण्डर २३लाई स्तब्ध बनायो।

त्यस्तै अस्ट्रेलिया अण्डर २३द्वारा अर्जेन्टिना अण्डर २३को टोली पनि पराजित भएको थियो। समूह ‘डी’तर्फ साविक विजेता ब्राजिल अण्डर २३ले बलियो टोली जर्मनी अण्डर २३लाई पराजित गर्दा इंग्लिश क्लब एभरटनका स्टार स्ट्राइकर रिचारलिसनले ह्याट्रिक प्रहार गरेका थिए।

पहिलो चरणका नतिजा

समूह ए

मेक्सिको अण्डर २३ ४-१ फ्रान्स अण्डर २३

स्थान: अजिनोमोटो स्टेडियम, टोकियो
अर्नेस्टो भेगा, (४७ मिनेट १-०)
फ्रान्सिस्को कोरडोभा, (५५ मिनेट २-०)
आन्द्रे पियेरे यिगन्याक, (६९ मिनेट २-१)
कार्लोस अन्टुना, (८० मिनेट ३-१)
एडुवार्डो अगुवायर, (९०+१ मिनेट ४-१)

जापान अण्डर २३ १-० दक्षिण अफ्रिका अण्डर २३

स्थान: अजिनोमोटो स्टेडियम, टोकियो
ताकेफुसा कुबो, (७१ मिनेट १-०)

 

समूह बी

न्युजिल्यान्ड अण्डर २३ १-० दक्षिण कोरिया अण्डर २३

स्थान: इबाराकी स्टेडियम, काशीमा
क्रिस वुड, (७० मिनेट १-०)

होन्डुरस अण्डर २३ ०-१ रोमानिया अण्डर २३

स्थान: इबाराकी स्टेडियम, काशीमा
एलभिन ओलिभा, आत्मघाती गोल (४५+१ मिनेट १-०)

 

समूह सी

इजिप्ट अण्डर २३ ०-० स्पेन अण्डर २३

स्थान: सपोरो डोम, सपोरो

अर्जेन्टिना अण्डर २३ ०-२ अस्ट्रेलिया अण्डर २३

स्थान: सपोरो डोम, सपोरो
लचलान वेल्स, (१४ मिनेट १-०)
मार्को टिटो, (८० मिनेट २-०)

 

समूह डी

आइभोरी कोस्ट अण्डर २३ २-१ साउदी अरेबिया अण्डर २३

स्थान: निसान स्टेडियम, योकोहामा
अब्दुलेला अल अम्री, आत्मघाती गोल (३९ मिनेट १-०)
सलेम अल दवसारी, (४४ मिनेट १-१)
फ्रान्क केसी, (६६ मिनेट २-१)

ब्राजिल अण्डर २३ ४-२ जर्मनी अण्डर २३

स्थान: निसान स्टेडियम, योकोहामा
रिचारलिसन (७, २२, ३० मिनेट)
नदिएम अमिरी, (५७ मिनेट ३-१)
राग्नार अचे, (८४ मिनेट ३-२)
पाउलिन्हो, (९०+४ मिनेट ४-२)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?