काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ ।
सानेपामा कार्यकर्ताको धर्ना भएका कारण बैठक बूढानिलकण्ठस्थित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाको निवासमा बस्दैछ । बैठक बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
के -के छन् छलफलका एजेण्डा ?
मुख्यत: बैठकमा कांग्रेसको १४ औँ महाधिवेशन तयारीमा केन्द्रित रहेर छलफल हुनेछ । पछिल्लो समय क्रियाशील सदस्यतामाथि १२५ वडामा देखिएको विवाद हल गर्नेबारे बैठक केन्द्रित हुनेछ । बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताईएको छ ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएसँगै आजको बैठक निजी निवास बूढानिलकण्ठमा बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया