काठमाडौं – कोरोना विरुद्धको खोप खरिदका लागि एसियाली विकास बैङ्क ९एडीबी०ले नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।
६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरूप नेपाल सरकारलाई उपलब्ध गराउन बैङ्कले स्वीकृत गरेको मनिलास्थित बैङ्कको प्रधान कार्यालयले जनाएको छ ।
हाल नेपालले खरिद गरेको र विभिनन देशबाट अनुदानस्वरुप पाएको खोप नागरिकलाई प्राथमिकताका आधारमा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया