११ आश्विन २०७८, सोमवार

यसकारण साउन महिनाभर मासु र मदिरा वर्जित छ !

२०७८,श्रावण,८,शुक्रवार ०७:४८


काठमाडौं । साउन महिनालाई धार्मिक महिनाको रुपमा लिइन्छ । यो महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै महतवपूर्ण नियम हो मासु र रक्सीको सेवन नगर्ने।

आखिर किन साउन महिनामा रक्सी र मासु नखान भनियो त ? यसको धार्मिक र वैज्ञानिक कारणका बारेमा हामी यहाँ चर्चा गर्दैछौं ।

धार्मिक कारण
यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसै पनि साउनजस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ ।

जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

वैज्ञानिक कारण
जाँड रक्सी लगायतका मद्यपान जुनसुकै बेलामा पनि पिएको नराम्रो हो । स्वास्थ्यलाई नराम्रो असर गर्ने भएका कारण यसलाई साउन महिनामा पनि वर्जित गरिएको हो । साउन महिनामा मानिसहरुले भक्तिभावले व्रत पूजा आराधना गर्ने नियम नखल्बलियोस् भनेर पनि यसको प्रयोग वर्जित छ ।

माछा मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासुजस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौँ समस्या आइलाग्छन् ।
बर्खाको मौसममा पशुहरूलाई अनेकौँ किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ । त्यसैले साउन महिनामा यी दुई कुरा वर्जित गर्न भनिएको हो ।

प्रकाशित मिति: २०७८,श्रावण,८,शुक्रवार ०७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधुमेह अर्थात् सुगरका बिमारीहरूको संख्या अहिले नेपालमा मात्र नभएर विश्वभर दिन प्रतिदिन बढी रहेको छ । स्वस्थ जीवनशैली नअपनाउने र

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो

आज विश्व अल्जाइमर दिवस । प्रत्येक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइदैं आइएको छ । यो वर्ष

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७