चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

लोकपथ
338
Shares

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ ।

निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ ।

मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए। योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।- सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?