हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
56
Shares

१. प्रधानमन्त्री देउवाले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्ने, शुक्रवार बस्ने पार्टीको पदाधिकारी बैठक देउवा निवास बूढानिलकण्ठमा डाकियो ।

२. नेकपा एमालेका २२ जना सांसदले अध्यक्ष ओलीलाई स्पष्टीकरण बुझाए, ओलीले नै विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसदको प्रतिप्रश्न, तपाईंले राजीनामा किन नदिनुभएको ?

३. बितेको २४ घण्टामा गरिएको १२ हजार ८ सय २९ कोरोना परिक्षणमा २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ८८ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु ।

४. असन्तुष्ट समूहलाई आममाफी दिने नेकपा एमालेका अध्यक्ष ओलीको भनाई, पार्टीले धेरै ठूलो क्षति बेहोरेको सम्झाउँदै नेपाल पक्षलाई पार्टीमा आउन अनुरोध ।

५. हावादारी योजना नल्याउन प्रधानमन्त्री देउवालाई एमालेका वरिष्ठ नेता नेपालको सुझाव, आम जनतालाई कोरोना खोपको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण ।

६. जसपाको आधिकारिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुबै पक्षको बहस सकियो, ११ गते दुबै पक्षलाई सनाखतका लागि उपस्थित हुन आदेश ।

७. हिन्दुत्व विरोधी अभिव्यक्ति दिएको भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन, घृणा फैलाउने कार्य गरेको भन्दै नाराबाजीसहित पुत्ला दहन ।

८. नेपाल वायुसेवा निगमको बेथितिमा कर्मचारीहरुको पनि हात नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीको आरोप, सरकारको मिलेमतोमा माफियाको हितमा काम गरेको भन्दै महाप्रवन्धक पौडेलको राजीनामा माग ।

९. द्वन्द्वकालमा बेपत्ता भएका स्याङ्जा वालिङ नगरपालिका – ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल १७ वर्षपछि घर फर्किए, शैक्षिक भ्रमणमा गएका विद्यार्थी र शिक्षकले देखेर परिवारमा खबर गरेपछि गरिएको थियो उद्धार ।

१०. क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनशन सुरू, जिल्लाबाट पठाएको प्रतिवेदनको आधारमा सदस्यता वितरण हुनुपर्ने र प्रक्रियाविपरीत वितरण गरिएको सदस्यता रद्द गर्नुपर्ने माग ।

११. काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा ट्याक्सी व्यवसायीहरु आन्दोलित, सरकारले सार्वजनिक यातायाताको भाडा वृद्धि गरे पनि आफूहरुको बेवास्ता गरेको गुनासो ।

१२. ह्याकरहरुको समूहले नेपाल राष्ट्र बैंकसहित १४ वटा बैंकमा अहिलेसम्मकै ठूलो ह्याकिङ गरी पैसा चोर्ने धम्की दिएपछि नेपालको बैंकिङ क्षेत्र त्रसित, राष्ट्र बैंक भन्छ, नडराउनुहोस्, हाम्रो प्रणालीमा कुनै पनि समस्या छैन ।

१३. म्युकरमाइकोसिस अर्थात् कालो ढुसी को संक्रमणको कारण भारतमा ४३ सयभन्दा धेरैको मृत्यु, कोरोनाको उपचारमा लापरवाहि नगर्न तथा आँखामा समस्या देखिए तत्काल अस्पताल जान चिकित्सकको अनुरोध ।

१४. हालसम्म विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाईयो, भाईरसको उत्परिवर्तन भईरहेको कारण जोखिम कायमै रहेकोले सतर्कता अपनाउन विज्ञको सुझाव ।

१५. टोकियो ओलम्पिकको जुडोतर्फको खेल तालिका सार्वजनिक, पहिलो खेलमा नेपालकी सोनिया भट्ट र रसियाकी डोल्गोभा इरिना जुलाई २४ तारिकमा भिड्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?