काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर घोषणा गरेका छन् ।
बिहीवार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।
पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको वरिष्ठ नेता नेपालले कार्यक्रममा जानकारी गराए । पिपुल्स भोलेन्टियर घोषणा गर्दै उहाँले यो कम्युनिष्ट विचारबाट अघि बढ्ने बताए । उनले युवाहरुलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरु सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गरे । भोलेन्टियरले अरुले जे गर्छ त्यो नगर्ने पनि उनले स्पष्ट पारे । आफुहरु हिम्मतिलो र परिवर्तन गर्न चाहाने युवा पंक्ति तयार गर्न चाहेको उल्लेख गर्दै युवाहरुल जनसेवा, देशभक्ति र लोकतन्त्रकाले लागि अघि बढ्न अपिल पनि गरे ।
उनले भने, ‘यो कम्युनिष्ट विचारबाट अघि बढ्ने संगठन हुनेछ पिपुल्स भोलेन्टियर । राम्रा मानिसको गुण तपाईहरुले सिक्नुपर्छ । नराम्रो बानी नसिक्नुहोला । यो कुरामा म विशेष जोड दिन चाहान्छु । राम्रो बानि व्यहोरा भयो भने मान्छेले गौरवबोध गर्नेछन् । युवा संघले निर्माण गर्ने पिपुल्स भोलेन्टियर असल मानिसको स्वभाव बोकेको स्वयंसेवक बन्नुपर्दछ । अरुले जे गरे त्यो दोहोर्याउने होईन ।’
वरिष्ठ नेता नेपालले आफुहरुसँग सहि बिचार भएको उल्लेख गर्दै सहि विचार हुनेहरु आत्तिनुपर्ने आवश्यकता नभएको बताए । सहि बिचारको पक्षमा हजारौँ मान्छे पछि लाग्ने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया