११ आश्विन २०७८, सोमवार

वर्षात् महिनामा फुड प्वाइजनिङ कसरी हुन नदिने ?

२०७८,श्रावण,८,शुक्रवार ०६:३०


अहिलेको मौसम वर्षाको भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो भइरहेको छ । तापक्रममा आएको तातो र चिसोको उतारचढावले गर्दा हाम्रो शरीरलाई अरू मौसमको तुलनामा बढी प्रभावित गरिरहेको हुन्छ । लगातार तलमाथि भइरहने तापक्रमले हाम्रो शरीरलाई जति प्रभाव पारिरहेको हुन्छ त्यति नै हामीले खाने गरेको खानेकुरामा पनि पारिरहेको हुन्छ ।

तापक्रममा आएको उतार चढावका कारण वर्षाको समयमा अरू मौसमको तुलनामा खानेकुरा चाँडै बिग्रिने गर्छ । जसको कारण कतिपय अवस्थामा बिहान पकाएको खानेकुरा बेलुका खाँदा नै बिग्रिएर फुड प्वाइजनिङ समेत हुने गर्छ । तुलनात्मक रूपमा हेर्दा वर्षा महिनामा खानेकुराबाट हुने रोगब्याधीको समस्या अरू मौसमको भन्दा बढी हुने गर्छ । त्यसैले वर्षा मौसममा खानेकुरा खाँदा विशेष सावधानी अपनाउन नसकेमा फुड प्वाइजन हुने सम्भावना बढी नै हुने देखिन्छ ।

यदि कुनै खानेकुरा खाएको १ देखि ६ घण्टाको बिचमा बान्ता हुन थाल्यो भने तपाईँले आफूलाई फुड प्वाइजनिङ भएको ठाने हुन्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्शमा जानु नै राम्रो हुन्छ ।

फुड प्वाइजनिङ मुख्य रूपमा रोग लगाउने ब्याक्टेरिया भएको खानेकुराको सेवन गर्नाले हुने गर्छ । यस्तो अवस्थामा खाना पकाउँदा सरसफाइमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । यो बाहेक पकाएर लामो समय राखेको खानेकुरा, नछोपेको खानेकुरा, एकदमै चिसो गरेर राखेको खानेकुरा खानुलाई अहिलेको अवस्थामा फुड प्वाइजन हुने मुख्य कारण मानिन्छ ।

बर्षातको समयमा बाहिर तयार भएको खानेकुरा र प्याकेजिङ गरिएको खानेकुराको सेवनलाई कम गर्नु नै राम्रो मानिन्छ । त्यसैले बर्षात्को मौसममा फुड प्वाइजनिङ हुन नदिन निम्न कुराहरूमा विशेष ध्यान दिनुपर्छ ।

– बासी खानेकुराको सेवन सकभर गर्दै नगर्ने ।

– आधा पाकेको खानेकुराको सेवन सकभर नगर्ने ।

– सफा भाँडामा पकाएको खानेकुराको मात्र सेवन गर्ने ।

– फ्रिजमा लामो समय राखिएको खानेकुराको सेवन नगर्ने ।

– मांसहारको सेवन कमै गर्ने ।

प्रकाशित मिति: २०७८,श्रावण,८,शुक्रवार ०६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधुमेह अर्थात् सुगरका बिमारीहरूको संख्या अहिले नेपालमा मात्र नभएर विश्वभर दिन प्रतिदिन बढी रहेको छ । स्वस्थ जीवनशैली नअपनाउने र

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो

आज विश्व अल्जाइमर दिवस । प्रत्येक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइदैं आइएको छ । यो वर्ष

ताजा समाचार

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७