एडीबीद्वारा कोरोना खोप किन्न २० अर्ब ऋण

लोकपथ
140
Shares

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप खरिद गर्न करिब २० अर्ब रुपैयाँ ऋण दिने भएको छ ।

यो ऋणले नेपालको कोरोना खोप अभियान संचालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

यो ऋणले अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ । यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?