काठमाडौं । सरकारले कारोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पालनामा विषेश ध्यान दिन सबैलाई आग्रह गरेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमण बढिरहेकोले स्वास्थ्य सावधानीमा विषेश ध्यान दिन आग्रह गरेको हो।
संक्रमण फैलिन नदिनु नै उत्तम विकल्प भएकोले व्यक्ति, नागरिक समाज, संघ संस्था, सबै सरोकारवालाहरु र तीनवटा सरकारले हातेमालो जरुरी रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
विगतका भन्दा संक्रमणदर बढ्दो भएकोले तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयले अस्पतालहरुलाई पनि सोही अनुसारको तयारी गर्न आग्रह गरेको छ।
तेस्रो लहरको जोखिमलाई मध्येनजर गर्दै मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शैया लगाएतका पूर्वाधार तयारी अवस्थामा राख्न पनि समेत आग्रह गरेको छ। सबै जनसमुदायलाई जनस्वास्थ्यका मापदण्ड पालना गरी आफ्नो पालोमा खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया