काठमाडौं । काठमाडौंस्थित जापानी राजदूत किकुटा युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।
देउवा प्रधानमन्त्री बनेपछि जापानी राजदूतले विहीबार पहिलो पटक प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।
प्रधानमन्त्री निवासमा भएको सो भेटमा जापानी राजदूतले जापान सरकारले यसअघि नै घोषणा गरेको कोरोनाविरुद्धको १६ लाख डोज खोप छिटै आउने जानकारी गराएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया