जसपा विवादको बहस सकियो, ११ गते दुवै पक्षलाई उपस्थित हुन आदेश

लोकपथ
224
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुबै पक्षको बहस सकिएको छ ।

साउन ३ गतेदेखि जारी बहस बिहीबार सकिएको हो । आयोगको इजलासमा पार्टीको आधिकारिकतामाथि दाबी गर्दै महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबाट बहस गरिएको थियो । पार्टीको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दर्ता गरेसँगै अर्का अध्यक्ष महन्थ ठाकुरले पनि दाबी पेश गरेका थिए । त्यसपछि आयोगले सो विवादलाई टुंगो लगाउन इजलास गठन गरेको थियो ।

पहिलो चरणको बहस सकिएपछि आयोगले दुबै पक्षलाई आ–आफ्नो सक्कल प्रमाण पेश गर्न आदेश दिएको थियो । निर्वाचन आयोग स्रोतले दिएको जानकारी अनुसार साउन ११ गते दुबै पक्षलाई सनाखतका लागि उपस्थित हुन आयोगले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?