पुष्पलाल स्मृति दिवसको अवसरमा महासंघद्वारा बृहत् वृक्षारोपण कार्यक्रम

लोकपथ
224
Shares

काठमाडौं । ४३ सौं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ भक्तपुर जिल्ला कमिटीले बृहत् वृक्षारोपण तथा जिल्ला कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

बृहत् वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ, महासंघका इन्चार्ज तथा पूर्व खेलकुद मन्त्री दावा तामाङ्ग र महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलको उपस्थिति रहेको नेपाल खेलकुद महासंघका काठमाडौं कमीटीका सहसचिब विवेक घिमिरेले लोकपथलाई जानकारी दिए ।

May be an image of 1 person, standing, tree and outdoors

शंखधर पार्कमा १ हजार भन्दा बढी वृक्षारोपण गरी ठिमी व्यंकुटमा सम्पन्न भएको कार्यकर्ता भेलाले बिसोस श्रेष्ठको संयोजकत्वमा १०५ सदस्य रहेको भक्तपुर जिल्ला कमिटी घोषणा गरिएको सहसचिब घिमिरेले जानकारी दिए ।

May be an image of 4 people, people standing and outdoors

कार्यक्रममा ठिमीका मेयर मदन सुन्दर शाक्य, प्रदेश संसाद शशी जंग थापा , सरस्वती बाती, नेपाल खेलकुद महासंघका उपाध्यक्ष क। निरेसलाल सिंह, उपमहासचिव क। शान्ता माया परियार , बागमती प्रदेशका संयोजक सीताराम कार्की, उपत्यका विशेष कमिटीका सह संयोजक केशव व्यञ्जनकार, सचिव केशव ओलीको उपस्थिति रहेको थियो ।

May be an image of 4 people, people standing, tree and outdoors

May be an image of one or more people, people standing, tree and grass

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?