बढ्यो शेयर बजार, नेप्से परिसूचक ३ हजार माथि

लोकपथ
156
Shares

काठमाडौं। शेयर बजारमा आज कारोबारको अन्तिम दिन नेप्से परिसुचक १८.७५ अंकले बढेर ३००४.३१ बिन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २ सय २२ वटा कम्पनीको १ लाख १४ हजार ७७२ पटकको कारोबारमा ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयरको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधवार कारोबारमा आएका २१९ ओटा कम्पनीको ८४ हजार ४६८ पटकको कारोबारमा ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आजका दिन धेरै समूहहरूको उपसूचकहरू नकारात्मक छन् भने केहिको साकारात्मक देखिए।

लक्ष्मी उन्नत कोसको सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भएको छ । हिमालयन पावर पार्टनरको ४।०७ प्रतिशतले घटको छ।

आज कृषि विकास बैंकको शेयरले सबैभन्दा धेरै लगभग ४६ अर्वको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?