जनकपुरधाम । सप्तरी र धनुषामा हिन्दू धर्म संस्कृतिको विरोध गरेको भन्दै बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला जलाइएको छ ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथविरुद्ध अभद्र टिप्पणी गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले पुर्व प्रधानमन्त्री भट्टराईको पुत्ला दहन गरेको हो ।
परिषद्का स्वयंसेवकहरुले सप्तरीको सदरमुकाम राजविराजमा भट्टराईको पुत्ला दहन गरेका हुन् । परिषद्का सदस्य तथा स्वयंसेवकहरुले भट्टराईको पुत्लालाई नगर परिक्रमा गराउँदै राजविराजको दशन चोकमा पुत्ला दहन गरेका थिए ।
योगी आदित्यनाथले गंगा नदीमा दुध प्रवाह गरेको विषयललाई लिएर डा. भट्टराईले समाजिक संजालमा अपशब्द लेखेको विषयलाई लिएर परिषदले पुत्ला दहन गरेको सगरमाथाका सह–इन्चार्ज जंग बहादुर सिंहले बताए ।
यस्तै बुधबार दिउँसो राष्ट्रिय एकता अभियानले पनि भट्टराईविरुद्ध प्रदर्शन गरेको छ । अभियान अध्यक्ष विनय यादव समेतको उपस्थितिमा जनकपुरका संयोजक मनीष पुर्बे, सदस्यहरु चन्द्र भानु साह, सरोज यादव र दीपेन्द्र साहको नेतृत्वमा पुत्ला दहन गरिएको अभियानकी उपाध्यक्ष सुनिता साहले जनाकारी दिइन् ।
अभियानका कार्यकर्ताहरुले जनकपुरको जनक चोकमा प्रदर्शन गरेका हुन् । भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहेको उनीहरुले आरोप लगाएका छन् । भट्टराईले सामाजिक सञ्जलमार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया