नेपालमा कोरोना : थपिए २ हजार ७ सय बढी संक्रमित, कति भए संक्रमणमुक्त ?

लोकपथ
140
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ५९ जनाको एन्टीजेनबाट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणको कारण थप २४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्ला केहिदिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?