प्रधानमन्त्री देउवाले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्ने

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएका छन् ।

कांग्रेस पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रवार र शनिवार पार्टीको बैठक बालुवाटारमा राखेका थिए । तर पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पार्टीका बैठकहरु पार्टी केन्द्रीय कार्यालय सानेपा वा देउवा निवास बूढानिलकण्ठमा राख्न लागेका हुन् ।

त्यससँगै शुक्रवार बस्ने पार्टीको पदाधिकारी बैठक देउवा निवास बूढानिलकण्ठमा राखिएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने बताए ।

यसअघि एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै बैठकहरु प्रधानमन्त्री निवासमा नै राख्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?