काठमाडौं । नेकपा एमालेका २२ जना सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । बिहीबार उनीहरुले स्पष्टिकरण बुझाएका हुन् ।
उक्त स्पष्टीकरणमा ओलीले नै विधान विपरीत काम गरेको उल्लेख गरिएको छ।
स्पष्टिकरणको जवाफमा भनिएको छ–‘प्रतिनिधि सभाको पुनःस्थापनापछि पार्टी विभाजन भएको कारणले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन । वास्तवमा प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा (३) को सरकार बनाउनु पर्दथ्यो । तर त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा (३) अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनभयो । मिति २०७८ वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्दथ्यो । राजीनामा नदिई पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैँ प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतको कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोधस्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् ।’
बुधबार अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
यस्ताे छ, जवाफः



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया