हिन्दुत्व विरोधी अभिव्यक्ति दिएको भन्दै बाबुरामविरुद्ध प्रदर्शन

लोकपथ
1.4k
Shares

काठमाडौं । हिन्दुत्व विरोधी भावना फैलाएको भन्दै पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन भएको छ ।

राष्ट्रिय एकता अभियानले पूर्व प्रधानमन्त्री भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै प्रदर्शन गरेको हो ।

अभियानका कार्यकर्ताहरुले भट्टराईविरुद्ध चर्को नारा लगाउँदै उनको पुत्ला समेत दहन गरेको छ ।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा सहभागी अभियन्ता मनिष हिन्दूले पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै हिन्दुत्वविरोधी घृणा फैलाउने त्यसका साथै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

“पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्।” उनले भने ।

त्यस्तै हिन्दू बिरोधी पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध जनकपुरमा पनि प्रदर्शन गरिएको छ। जनकपुरमा पनि राष्ट्रिय एकता अभियानले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गरेको छ।

अभियान जनकपुरका संयोजक मनीष पुर्बे, सदस्यहरु चन्द्र भानु साह, सरोज यादव, दीपेन्द्र साहको नेतृत्वमा पुतला दहन गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?