काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेका कुरालाई उखान टुक्का भनेकोप्रति आपत्ति जनाएका छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा बोल्दै ओलीले आफूले बोलेका कुरा सहि भएपनि विरोधीहरुले नबुझेर त्यसलाई उखान टुक्काको संज्ञा दिने गरेको टिप्पणी गरे ।
“सुन्दै नसुनेका कुरा थाहा नभएपछि उखान टुक्का भन्दिए भयो । साहित्य थाहा छैन भने त्यसलाई उखान टुक्का भन्दिए भयो । विकासका कुरा नबुझेसी उखान टुक्का भनिएको छ ।” ओलीले भने ।
सोही क्रममा नेकपा एमाले ठूलो संघर्षबाट जन्मिएको बताउँदै त्यसलाई कसैले पनि छिन्नभिन्न बनाउन नसक्ने बताए । ठूलो संघर्षबाट आएको बताउँदै सानोतिनो धक्काले एमालेको आन्दोलनलाई छिन्नभिन्न बनाउन नसक्ने बताए ।
ओलीले भने- “यो कुनै लौकाको चिचिलो होइन कि कसैले औलाँले देखाउँदैमा झरेर जाओस् ।”
कार्यक्रममा बोल्दै ओलीले पुष्पलालको स्मृति दिवसका अवसरमा पार्टी एकतालाई मजबुत बनाउन आग्रह गरेका छन् ।
वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट आएको बताउँदै सर्वोच्च अदालतप्रति कटाक्ष समेत गरेका छन् । अदालतले राजनीतिक मुद्दामा हात हालेको भन्दै अदालतले आफ्नो मर्यादा राख्न नसकेको जिकिर गरे ।
“अदालतको मर्यादा जनजनको मनमनमा बसोस् । आजको जमानामा संविधान जसले पनि पढ्न जानेको छ । २०५९ सालको फैसला पनि देखिएको छ । म चाहान्छु अदालतको गरिमा बढोस् ।” ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया