चितवन । चितवनमा वन्यजन्तुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
माडी नगरपालिका–१ पाण्डव नगरमा स्थानीयवासी ४५ वर्षीय राजकुमार बोटको शव फेला परेको हो ।
बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका बोट आज बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।
उनका अनुसार अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान साढे ९ बजे उनको शव फेला परेको हो ।
बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया