जसले पाए सुन

चाबहिलस्थित केएल टावरमा रहेको केएल मोबाइल हबमा मोबाइल खरिद गर्ने सुन्दर तामार्थुले सुनको सिक्का प्राप्त गरेका छन् । दशैं तिहारको अबसर पारी केएल मोबाइल हबले सुरु गरेको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्दा यो उपहार प्राप्त गरेका हुन् ।नेपालमै सबैभन्दा धेरै ब्राण्डका मोबाइल पाइने दावी गर्दै आएको केएल मोबाइल हबमा जारी मोबाइलको मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने बम्पर उपहार स्वरुप एकवटा आरवान फाइभ बाइक, एकवटा आइफोन ८ र मलेसिया सिंगापुर भ्रमणको प्याकेज पाउने छन् । हरेक मोबाइलको खरिदमा ७ देखि ६० प्रतिशत सम्म छुट पाइने बताउँदै केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले अझै थुप्रै सुनचाँदीका सिक्का, स्मार्टफोन लगायत अन्य उपहार बाँकी रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?