नेपाल पक्षको बैठक जारी, आउला स्पष्टीकरणको जवाफ ?

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिने वा नदिने भन्ने निर्णय गर्न नेपाल समूहको अनौपचारिक बैठक जारी छ ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधिनेमा वरिष्ठ नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हिराचन्द्र केसी रहेका छन् ।

नेपाल पक्षका नेता विरोध खतिवडाले दिएको जानकारीअनुसार अहिले जारी बैठकले २४ घण्टे स्पष्टीकरणको जवाफ दिने वा नदिने भन्ने निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?