काठमाडौं । बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जनमुक्ति सेनाका पदाधिकारीले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् ।
भेटघाटका क्रममा जनमुक्ति सेनाका पदाधिकारीहरुले सरकारसँग आफूहरुले उठाउँदै आइरहेको मागहरुको बारेमा छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
सरकारसँगको आजको छलफलले सार्थकता पाउनेमा आफूहरु विश्वस्त रहेको बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका अध्यक्ष रमेश बसेलले जानकारी दिए ।

गत साउन १ गते ऊर्जामन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग भेटघाट गरेका थिए ।
अर्थमन्त्रीसँगको भेटघाटमा ओली नेतृत्वको सरकारले सुरु गरेका कार्यक्रमहरुको निरन्तरता दिन आग्रह गरेका थिए ।
ओली नेतृत्वको सरकारले पूर्वजनमुक्ति सेनाको लागि लोकतन्त्रका योद्धा सम्मान कार्यक्रम र द्वन्द्वपीडित परिवारलाई स्वरोजगार बनाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया