बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
21
Shares

बाँके । बाँकेमा बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय बिष्णु जिवन धिताल (सन्ज्याल)लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?