बाटैमा हराए हजार कर्मचारी

काठमाडौँ, १८ चैत- प्रदेश र स्थानीय तहमा खटिएका झन्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरू सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन्, आजको कान्तिपुरमा खबर छापिएको छ  ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्यक्षेत्र पुगेका छैनन् । अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने तथ्यांक मन्त्रालयसँग छैन । स्थानीय विकास र सामान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक गरिएको छैन ।मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो । तीमध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् । तथ्यांकअनुसार ८ सय ८१ कर्मचारी मात्रै प्रदेश सरकारको सम्पर्कमा पुगेर हाजिर भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?