कास्की । कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–१ बगरस्थित ग.१.च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुकसहित कार चालक सोही महानगरपालिका–१६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया