आफैँले बनाएको पार्टीमा अपमान सहेर नबस्ने नेता नेपालको उद्घोष

लोकपथ
663
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताएका छन् ।

बिहीवार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् । नेता नेपालले कम्युनिष्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको समेत उल्लेख गरेका छन् । अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गर्ने नेता नेपालको भनाइ छ ।

साथै नेता नेपालले पार्टी सही रुपमा अगाडि बढ्छ, सुध्रिन्छ भन्ने आशामा रहेको बताए । तर ठूलो संघर्षबाट प्राप्त पार्टीलाई त्यतिकै छोडेर नजाने र अपमान पनि सहेर नबस्ने उनको भनाइ छ। उनले भने–‘लामो संघर्षबाट बनाएको पार्टीलाई छोडेर त्यत्तिकै कोही बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?