काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।
काठमाडौं महानरगपालिका–११ भोटेबहाल बस्ने ५० वर्षीय दिनेश कुमार शेरचनको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो।
दिनेश कुमारलगायत ६ जना पुरुष र ६ जना महिला गरी १२ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९१ हजार ४ सय रुपैयाँ, २१ सेट तास, ४५ वटा क्वाईन र ३ लाख ७० हजार रुपैयाँको विभिन्न बैंकका ५ वटा चेकसहित पक्राउ गरेको हो ।
त्यसैगरी काठमाडौं महानगरपालिका–१६ नयाँबजार नयाँपुल चोकस्थित महमद नुर हुसेनको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने भारत घर भएका २४ वर्षीय महमद सुलेमानलगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त टहरामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २५ हजार ७ सय ९० रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया